चिकेनकरीसँग विवाह प्रस्ताव

- एजेन्सी

वैशाख १५, २०७५

बेलायतको नर्थम्टनस्थित एक रेस्टुराँले आफूले बनाएको सर्वाधिक मीठो चिकेन करीको विवाह गराउन खोजेको कुरा बताएको छ ।

सेफ्रोन रेस्टुराँका मालिक नाज इस्लामले आफ्नो रेस्टुराँमा तयार हुने म्याङ्गो चिकेन करीको विवाह गर्न उचित व्यक्तिको खोजी गरिरहेको जनाएका छन् । यदि कसैले यो चिकेन करीसँग विवाह गरे ती व्यक्तिलाई एक वर्षसम्म उक्त करी नि:शुल्क दिने प्रस्तावसमेत गरिएको छ । यो तथ्य खानेकुरासम्बन्धी एक ब्लगरले सार्वजनिक गरेपछि चर्चामा आएको हो । रेस्टुराँले चिकेन करीसँग विवाह गर्ने व्यक्ति फेला परे भव्य रूपमा विवाह सम्पन्न गर्ने पूर्वतयारी पनि गरिसकेको बताइन्छ ।

 

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्