Teej banner

महँगा सहरहरू

- एजेन्सी

वैशाख १५, २०७५

दइकोनोमिस्ट इन्टेलिजेन्ट्स युनिट नामक आर्थिक सर्वेक्षणसँग सम्बन्धित संस्थाले गरेको पछिल्लो अध्ययनअनुसार सिंगापुर संसारकै सबैभन्दा महँगो सहर हो ।

उक्त संस्थाले संसारका १ सय ३३ सहरमा मानव जीवनयापनका लागि आवश्यक १ सय ५० वटा वस्तु तथा सेवाको मूल्यका आधारमा गरेको उक्त सर्वेअनुसार सिंगापुरपछि फ्रान्सको राजधानी पेरिस दोस्रो महँगो सहरमा दरिएको छ । सर्वेक्षणअनुसार त्यसपछि क्रमश: स्वीट्जरल्यान्डको जुरिच, हङकङ, नर्वेको ओस्लो, स्वीट्जरल्यान्डकै जेनेभा, दक्षिण कोरियाको सियोल, डेनमार्कको कोपेनहेगन, इजरायलको तेलअभिभ तथा अस्ट्रेलियाको सिड्नी छन् । 

 

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्