मिस नेपाल शृंखला अरूभन्दा भिन्न

- साप्ताहिक संवाददाता

वैशाख १५, २०७५

साप्ताहिकलाई चुनौती दिन सक्ने अर्को कुनै मनोरन्जक पत्रिका छैन । अझैं राम्रा विषयवस्तु समेट्दै जानुहोस् । 

सन्तोष घिमिरे

मनोज गजुरेलजीलाई चलचित्र यात्राका लागि शुभकामना (मंगल होस् : सिनेमा खेलिनँ, किन खेलें ?) । हास्यव्यंग्य क्षेत्रमा मिलेको सफलता पुन: दोहोर्‍याउन सक्नुहोस् । 

शंशाक पन्त

महिला पत्रकारहरूको आँटलाई सलाम छ (महिला पत्रकारहरूले सगरमाथा आरोहण गर्ने) । सर्वोच्च शिखर सगरमाथाको आरोहण सफल होस् । 

कन्चन सुब्बा

लखनउ सहर र नवावहरूको किस्सा रोचक लाग्यो (यात्रा सन्दर्भ : लखनउमा पहले आप) । इतिहास र सम्पदाहरूको जगेर्ना एवं सम्मान गर्न लखनउवासीहरूबाट केही कुरा सिक्नैपर्छ । 

अमृत शाही

प्राय: सुन्दरी प्रतियोगितामा भाग लिनेहरूले राजनीतिमा खासै रुचि दिएको पाइँदैन (प्रधानमन्त्री हुने रहर छ) तर नयाँ मिस नेपाल शृंखला खतिवडा अरूभन्दा भिन्न देखापरिन् । प्रधानमन्त्री हुने उनको इच्छा पूरा होस् । 

उमेश श्रेष्ठ

यो प्रयोग नयाँ लाग्यो (यस्तो पो भिडियो) । चर्चाका लागी मात्र नहोस्, कला, संस्कृतिको जगेर्नामा पनि ध्यान दिइयोस् । 

मनोज रेग्मी

नेपालमा मौलिक कथामा निर्माण भएका चलचित्रको खाँचो छ (२०७५ मा कस्ता चलचित्र आउँछन्) । कसैबाट प्रभाबित नभई आफ्नै खालको प्रस्तुति होस् । आमदर्शकको चाहना सम्बोधन गर्न सक्ने चलचित्र बजारमा आउन् ।

सुस्मी लिम्बू

पहिलेका वर्षहरूको तुलनामा रंगमञ्चमा उल्लेख्य प्रगति भएको छ (२०७४ मा निरन्तर मञ्चन भए नाटक) । स्वदेशमा मात्र होइन विदेशमा पनि नेपाली नाटक मञ्चन भएका छन् । नयाँ पुस्ता नाटकप्रति आकर्षित छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । 

प्रतीक बोहरा

विवादभन्दा पनि प्रतिभा अनि स्वरले दिएको चर्चा दिगो हुन्छ (कुराकानी : विवादले थप चर्चा दियो) । चर्चामा आउन मात्र गरिने काम स्थायी हुँदैन । 

मनिता राई

चम्ल्याहा आमाको खबर रोचक लाग्यो (चम्ल्याहा आमा) । साहसिक सुन्दरीको त्याग सम्मानयोग्य छ ।

वर्षा खड्का

मिस नेपाल–२०१७ निकिता चाण्डकको अभिनय हेर्न आतुर छु (निकिता अब अभिनेत्री) । अभिनयमा पनि उनले आफ्नो स्तर कायम गर्ने छिन् भन्ने आशा छ । 

सागर आचार्य

मंगोलियन हार्ट लामो समयपछि फेरि झुल्किएको छ (मंगोलियन हार्टको सिल्भर जुब्ली) । अब बिभिन्न सहरहरूमा हुने कार्यक्रममार्फत दर्शकहरूलाई झुमाउन सफल होस् ।

रचना सिग्देल

साहसिक खेलमा विजय हासिल गरेकोमा सुनिल गुरुङलाई बधाई (पहिलो क्यानोनिङ उपाधि गुरुङलाई) । यो खेलमा तपाईंको राम्रो सम्भावना छ । 

नवीन आचार्य

मार्क जुकरबर्गले नढाँटी सबै कुरा भनेका छन् (हो, त्यो हाम्रै गल्ती थियो) । फेसबुकसँग जोडिएका मानिसहरूको गोपनियतालाई फेसबुकले सम्मान गर्नैपर्छ । यो कुरामा जुकरबर्ग र उनको कम्पनी सचेत हुनु जरुरी छ । उनलाई सचेत बनाउन जरुरी पनि थियो । अमेरिकी सिनेटले सही काम गरेको छ ।

मात्रिका गौतम

प्रकाशित :वैशाख १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्