कुञ्जमा अँधेरी नगरी चौपट राजा
वैशाख १४, २०७५
थापागाउँस्थित कुञ्ज थिएटरमा शुक्रबारदेखि ‘अँधेरी नगरी चौपट राजा’ नाटक मञ्चन हुँदैछ । भारतीय साहित्यकार भारतेन्दु हरिश्चन्द्रले लेखेको उक्त नाटकलाई संगीत सापकोटा र आशिष घिमिरेले अनुवाद तथा निर्देशन गरेका हुन् ।
यो नाटक विवेकहीन र निरंकुश शासन व्यवस्थाप्रति तिखो व्यंग्य गर्दै कसरी एउटा शासक आफ्नै कार्यद्वारा पतन हुन्छन् भन्ने कुरामा केन्द्रित छ ।
२९ गतेसम्म मञ्चन हुने यो नाटकमा जीवन भट्टराई, श्रवनसिंह राना, संजित प्रताप मल्ल, आरजेश रेग्मी, सागर दाहाल, बारात लिम्बु, दिपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डे आदि कलाकारको अभिनय छ । नाटक हरेक दिन साँझ ५:३० देखि मञ्चन हुनेछ भने शनिबार त्यसको अतिरिक्त शो हुने बताइएको छ ।
प्रकाशित :वैशाख १४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्