कोहलपुर एक्सप्रेस

- साप्ताहिक संवाददाता

वैशाख १४, २०७५

जूनकीरी आर्ट्सको ब्यानरमा निर्माण भएको कोहलपुर एक्सप्रेस आज शुक्रबारदेखि देशभर प्रदर्शन हुँदैछ । नेपालका नाम चलेका अभिनेत्रीहरूले अभिनय गरेकाले पनि यो चलचित्र प्रतीक्षित छ । केकी अधिकारीले निर्माण गरेको चलचित्र कोहलपुर एक्सप्रेसमा भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिवप्रसाद चौलागार्इं आदिले समेत सहकार्य गरेका छन् । कोहलपुर एक्सप्रेस हास्य प्रधान चलचित्र हो । यो चलचित्रको सीओ डब्लू काउ गीत चर्चित भैसकेको छ । विशाल भण्डारीले लेखेको यो चलचित्रको अधिकांश भाग बाँकेको कोहलपुर आसपासमा खिचिएको हो ।

निर्देशक : विशाल भण्डारी

कलाकार : केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने आदि ।

संगीत : राजनराज शिवाकोटी, अर्जुन पोखरेल तथा कालीप्रसाद बाँसकोटा ।

 

प्रकाशित :वैशाख १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्