पाकिस्तानी टेलिभिजनमा किन्नर

- साप्ताहिक संवाददाता

वैशाख १३, २०७५

इस्लामिक कानुनको बोलवाला भएको पाकिस्तानमा एक टेलिभिजनले समाचार प्रस्तोताका रूपमा किन्नरलाई नियुक्त गरेर नयाँ तरंग पैदा गरेको छ । स्थानीय कोहिनुर टेलिभिजन च्यानलले मारविय मलिकलाई समाचार प्रस्तोताका रूपमा प्रस्तुत गर्ने भएपछि सामाजिक सञ्जालमा समेत उनको प्रसंसा हुन थालेको छ । 

कोहिनुर टेलिभिजनले आफ्नो रिलन्चमा मारवियलाई पहिलो समाचार प्रस्तोताका रूपमा नियुक्त गरेको हो । अब उनी पाकिस्तानमा समाचार प्रस्तुत गर्ने पहिलो किन्नर हुनेछिन् । पहिले निकै चर्चामा रहेको कोहिनुर टेलिभिजन फेरि प्रसारणमा आउने घोषणा गरेदेखि नै धेरैको चासोमा थियो । यसैक्रममा पूर्व मोडल मारविय एक अन्तर्वार्तामार्फत समाचारवाचिका छनौट भएकी थिइन् । 

किन्नर भए पनि आफूप्रति कुनै किसिमको लैंगिक विभेद नभएको मारविय बताउँछिन् । उनी पाकिस्तानकी पहिलो किन्नर मोडलसमेत हुन् । एक अनुमानअनुसार अहिले पाकिस्तानमा किन्नरहरूको संख्या १० हजार ५ सयको हाराहारीमा छ । अरू किन्नरहरू समाजमा अपहेलित भएर बस्नुपरेको स्थितिमा सबैलाई आफूलाई जस्तै इज्जत दिए उनीहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्न पाउने, मारविय बताउँछिन् ।

प्रकाशित :वैशाख १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्