निकिता अब अभिनेत्री

- साप्ताहिक संवाददाता

वैशाख १३, २०७५

अन्तत: मिस नेपाल–२०१७ निकिता चाण्डकले नेपाली चलचित्रमा डेब्यु गर्ने पक्का भएको छ । मिस नेपाल–२०१८ को घोषणा भए लगत्तै निकिताले चलचित्रमा आउने बाटो खुला गरेकी हुन् । निकिताले छायांकनमा रहेको चलचित्र रानीमहलमार्फत अभिनयमा पदार्पण गर्न लागेकी हुन् । 

चलचित्रबाट वर्षा सिवाकोटी बाहिरिएपछि उनले निर्वाह गर्ने भूमिकामा निकिताले अभिनय गर्न लागेको बताइन्छ । मिस नेपालको एक वर्षे कार्यकाल सकिएको भोलिपल्टै चलचित्रमा आबद्ध हुने निकिता पहिलो मिस नेपालसमेत भएकी छिन् । 

गत साता निर्माण पक्षसँग सम्झौतापत्रका हस्ताक्षर गरेकी निकिता यतिबेला चलचित्रको कार्यशालामा व्यस्त छिन् । निर्देशक हिमाल न्यौपानेका अनुसार निकिताले लगाउने पहिरन तयार भए लगत्तै उनी छायांकनमा सहभागी हुनेछिन् । 

प्रकाशित :वैशाख १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्