यस्तो पो भिडियो

- साप्ताहिक संवाददाता

वैशाख १३, २०७५

एउटा म्युजिक भिडियोमा बढीमा कति जना कलाकारले अभिनय गर्न सक्छन् ? दुई–तीन अथवा आधा दर्जन । पुराना पप गायक दीपक बज्राचार्यले यसै साता सार्वजनिक गरेको ‘मन मगन...’ गीतको म्युजिक भिडियोमा १ सय ५० जना कलाकारले अभिनय गरेका छन् । दर्जनौं लोकप्रिय गीतका गायक बज्राचार्यले मन मगनको भिडियोमा विभिन्न संस्कृतिको चित्रण गर्ने प्रयास गरेका छन् । 

गीतले नचाउने मात्र होइन, संस्कृतिलाई समेत प्रस्तुत गर्ने जमर्को गरेको बज्राचार्यको भनाइ छ । ललितपुरको घनाबस्तीमा छायांकन गरिएको उक्त भिडियोमा कलाकारहरूको समुहले परम्परागत तथा आधुनिक शैलीको नृत्यलाई फ्यूजन गरेका छन् ।

 भिडियोमा ज्येष्ठ नागरिकहरूको आजुगणदेखि हिपहप, छलिया, झ्याउने, झाँक्री, लाखे, घिन्ताङ किसी, पुलुकिसी, धुनियाँ तथा धिमेनाच आदि प्रस्तुत गरिएको छ । गायक बज्राचार्यले भिडियोका लागि कृतिम जात्रा नै आयोजना गर्नु परेको बताए । बज्राचार्यकै संगीतको उक्त भडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । 

प्रकाशित :वैशाख १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्