क्यारिकेचर गर्न नजान्ने खगेन्द्र

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७५

टलक जंग भर्सेस टुल्केबाट उदाएका खगेन्द्र लामिछाने आफूलाई क्यारिकेचर गर्न नआउने बताउँछन् । पोखराका पत्रकारहरूले उनलाई सबै चलचित्रमा उस्तै स्वर हुँदा खल्लोपन भएको बताएपछि उनले आफूले क्यारिकेचर गर्न नजान्ने बताएका हुन् । 

‘स्वर चेन्ज गरेर अर्कै स्वर निकाल्न जान्दिनँ,’ खगेन्द्रले भने । आफू कहिल्यै करिअरसँग नडराउने भएकाले यदि दर्शकको माया र साथ पाउन नसके आफ्नै काममा लाग्ने उनले बताए । लामिछानेको लेखन तथा अभिनयको चलचित्र डमरुको डन्डीबियो वैशाख २१ गते प्रदर्शनमा आउँदैछ । 

लामिछानेले आफ्नो मन छुने विषयमा मात्र काम गर्ने गरेको कुरासमेत बताए । लोपोन्मुख अवस्थामा पुगेको खेल डन्डीबियोलाई ब्युँताउन सघाउने उद्देश्यले चलचित्र डमरुको डन्डीबियो निर्माण गरेको लामिछाने बताउँछन् । 

प्रकाशित :वैशाख १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्