०७५ सालमा चल्न सक्छ यस्तो फेसन

  • सुष्मा थापा, फेसन डिजाइनर

- महेश तिमल्सिना

वैशाख १२, २०७५

युवापुस्ता फेसन र स्टायलमा बढी कन्सस छ । अन्तर्राष्ट्रिय बजारमा मार्केट लिएको नयाँ फेसन केही समयमै नेपाल भित्रिन्छ अनि नेपालीहरू पनि त्यसकै पछि लाग्छन् । गतवर्ष युवतीहरूमा क्रप टप्स, ब्यागी जिन्स, ग्रन्च जिन्स तथा पार्टी वेयरमा लेहेंगा आदि चलेका थिए भने पुरुषहरूमा क्याजुअलमा फिटेट सर्ट, मोदी कोट तथा ब्लेजर्सले एकछत्र बजार लियो । अब यो वर्ष अर्थात् ०७५ सालमा कस्तो फेसन ट्रेण्डमा आउला त ? नेपालका तीन जना सक्रिय फेसन डिजाइनरको आँकलन :  

 

क्याजुअल 

महिलाहरूमा गत वर्ष हट पाइन्ट, अफ सोल्डर डिजाइनको टिसर्ट तथा वन पिस फेसनमा थिए । यो वर्षचाहिँ लङ ड्रेस, र्‍यापर ड्रेस, जम्प सुट, म्याक्सी आदि ट्रेन्डमा आउन सक्छन् । यस्तै, जाडो मौसममा यिनै डिजाइनका फेसन चल्न सक्छन्, तर फेब्रिकचाहिँ फरक हुनसक्छ । गर्मीमा कटन, रेवन, सिल्क, 

जर्जेट फेब्रिकहरू चल्छन् भने जाडोमा चाहिँ उलनका कपडा बढी प्रिय हुन्छन् । 

जुत्ता

गत वर्षको तुलनामा यो वर्ष कन्भर्स, क्लोज सुज तथा कोल्हापुरी चप्पलले राम्रो बजार लिने सम्भावना छ । यद्यपि यो वर्ष कन्भर्स जुत्तामा हट पाइन्ट तथा टिसर्टहरू बढी चल्न सक्छन् । युवापुस्ताले कोरियन तथा जापानी फेसनलाई बढी रुचाएको पाइन्छ जसले गर्दा यो वर्ष पनि कोरियन तथा जापानी फेसन प्राथमिकता मै रहनेछ । पार्टी वेयरमा स्यान्डल तथा सर्ट ड्रेस बढी चल्न सक्छन् । 

चश्मा 

गत वर्ष महिलाहरूले रेवन ब्रान्डका चश्मा कमै मात्रामा लगाए । यो वर्ष गुसी तथा प्राडा ब्रान्डका चश्मा बढी चल्न सक्छन् । 

स्पेसल 

यो वर्ष महिलाहरूमा जम्प सुट तथा र्‍यापर चल्ने सम्भावना बढी छ । 

हेयर स्टायल 

महिलाहरूको हेयर स्टाइल वर्षैपिच्छे परिवर्तन हुन्छ । गत वर्ष केश छाडेर पफ बनाउने स्टाइल चलेको थियो भने यो वर्ष चाहिँ कोनिटेल, ट्विस्ट तथा बाट्ने स्टाइल लोकप्रिय हुने सम्भावना छ । 

मेकअप 

कपडापछि महिलाहरूले मूख्य प्राथमिकता दिने भनेको मेकअपलाई हो । अहिले युवतीहरूले हेभी मेकअप गर्न छाडेका छन्, जसले गर्दा लाइट, साइनिङ तथा वाटरप्रुफ मेकअप चल्न सक्छ । युवतीहरूले मेकअप गर्दा आँखा र ओठलाई बढी हाइलाइट गर्न सक्छन् । 

प्रकाशित :वैशाख १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्