Teej banner

०७५ सालमा कस्तो फेसन चल्ला ?

- महेश तिमल्सिना

वैशाख ११, २०७५

 

यो वर्ष जाडो र गर्मी दुवै मौसममा कुर्ताले नै बजार ओगट्ने सम्भावना छ । अर्को कुरा युवतीहरू पहिरनको रंगमा बढी सचेत हुन थालेका छन् । कलर पनि गर्मी र जाडो मौसमअनुसार फरक–फरक हुन्छ । युवतीहरूले छालाको सुरक्षाका लागि पनि कलरफूल कपडा प्रयोग गर्न सक्छन्, जसले गर्दा अनुहारलाई सूर्यको विकीरणबाट जोगाउन सकिन्छ । 

क्याजुअल वेयर 

गत वर्ष युवतीहरूको फेसनमा चुज स्टाइलको ग्रन्च पाइन्ट चलेको थियो, तर यो वर्ष बेली बटम पाइन्ट ट्रेन्डमा आउने सम्भावना छ । युवतीहरू पछिल्लो समयमा ढाकाका कपडामा आकर्षित हुन थालेका छन्, जसले गर्दा यो वर्ष ढाकाको टप्स, आउटर, कुर्ता आदि पनि चल्न सक्छन् । त्यस्तै, पार्टी वेयरका लागि ढाकाको लेहेंगा, हेभी कुर्ता तथा गाउनसमेत ट्रेन्डमा रहन सक्छ । 

जाडो मौसममा 

यो वर्षको जाडो याममा उलनका ज्याकेट चल्न सक्ने सम्भावना धेरै छ । यद्यपि त्यसलाई लगाउने शैली केही फरक हुन सक्छ । त्यस्तै, मफलर तथा सल ओड्ने स्टाइल पनि गतवर्षको भन्दा पुथक हुनसक्छ । 

यो वर्षको स्पेसल 

गतवर्ष फ्लावरवाला जियोम्याट्रिक प्याट्रन धेरै चलेको थियो । यसपालि चाहिँ एब्सट्रयाक प्याट्रन चल्न सक्ने सम्भावना छ । 

वर्षा याममा 

वर्षायाममा लाइटभन्दा पनि अर्फी कलरका पहिरन बढी रुचाइनेछ । 

चश्मा 

गत वर्ष नियोन ग्लास लोकप्रिय थियो । यो वर्ष पनि यसैले बजार पिट्न सक्छ, तर नियोन ग्लासको आकार भने फरक हुन सक्छ । आफ्नो अनुहारको बनावटसँग मेल खाने चश्माको प्रयोग बढ्नेछ । 

जुत्ता 

महिलारूका लागि गर्मी र वर्षायाममा फ्ल्याट्स, ब्यालेरिना जुत्ता चल्न सक्छ, किनभने यस्तो जुत्ता लगाउन सजिला मात्र हुँदैन–हिँड्दा सहज तथा शीतल पनि हुन्छ । यो जुत्ता लगाउँदा पैतलामा पसिना आउँदैन । त्यस्तै, जाडोयाममा लेदर बुट, हाइ बुट तथा थाइ बुट चल्न सक्छन् । त्यस्तै, स्पोर्ट्स सुजहरू पनि न्यानोका हिसाबले अत्यधिक रुचाइनेछ । 

फेब्रिक 

यसपालि गर्मी याममा कटनका कपडा धेरै चल्ने सम्भावना छ । गर्मीयाममा शरीर नपोल्ने भएकाले पनि कटनको फेसन सदावहार रहन्छ । त्यस्तै, रेयोन तथा सिल्कका कपडा पनि चल्न सक्छन् । जाडोमा उलनको कपडा फेसनमा रहने छ भने नेपाली कपडामा अल्लो पनि चल्ने सम्भावना छ । 

                                                               रश्मि तण्डुकार, फेसन डिजाइनर

प्रकाशित :वैशाख ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्