केकी दिदी

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७५

यता पहिलो पटक आफैंले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनको तयारीमा छ भने चलचित्रको प्रमोशनका लागि दौडधूप चलिरहेका बेला केकी अधिकारी भने सुटुक्क झापा पुगेकी छिन् । स्रोतका अनुसार उनी छायांकनरत नाइँ नभन्नु ल–५ का लागि त्यहाँ पुगेकी हुन् । केकीले उक्त चलचित्रमा स्वस्तिमा खड्काको दिदीको भूमिका निर्वाह गर्दैछिन् । 

यसअघि वर्षा राउतलाई यो भूमिकामा गरिएको प्रस्ताव उनले अस्वीकार गरेको खबर आएको थियो । वर्षाले छाडेको भूमिका निर्वाह गर्ने केकीले चलचित्र छायांकनमा जाने अघिल्लो दिन मात्र स्वीकृति प्रदान गरेकी थिइन् । केकीले ‘नाइँ नभन्नु ल–५’ मा दिदी बन्ने पक्का भएको हो त ? त्यसो हो भने अब उनलाई काकी, दिदी, फुपू, माइजू आदि भूमिकबाट भरमार प्रस्ताव आउने भए— पक्का ।

 

प्रकाशित :वैशाख ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्