स्तन छोप्ने नयाँ ट्रेन्ड

- एजेन्सी

वैशाख ११, २०७५

पश्चिमा मुलुकका महिलाहरू धेरै कुरामा पुरुषसरह स्वतन्त्रता चाहन्छन् । विकसित मुलुकका कतिपय सहरमा पुरुषले छाती देखाएर हिँड्न मिले पनि महिलालाई त्यसमा कुनै छुट छैन । महिला अधिकारवादीहरू यही कुरा परिवर्तन हुनुपर्ने माग गरिरहेका छन् । यसका लागि उनीहरूले धेरै पटक छाती खोलेर हिँड्ने प्रयास समेत गरेका थिए । 

अहिले महिलाहरूले लुगा लगाएर पनि छाती खुला जस्तै देखाउने उपायलाई व्यापक रूपमा प्रयोग गर्न थालेका छन् । पेरिस फेसन विकमा अमेरिकी मोडल बिक्स वाल्टनले स्तनको मुन्टोलाई टेपले छोपेर र्‍याम्पमा क्याटवाक गरेको देखेपछि यी महिला अधिकारवादीहरू पनि स्तनको मुन्टोलाई टेपले छोपेर पारदर्शी पहिरनमा हिँड्न थालेका हुन् । 

प्रकाशित :वैशाख ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्