वान्समोरमय महफिल

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७५

 

सर्वनाम थिएटरको आयोजनामा प्रत्येक २ महिनामा आयोजना हुने महफिलको १४ औँ शृङ्खला सम्पन्न भएको छ । महफिलको पछिल्लो शृखलामा गजलकार जया ओझा र गजलकार सुमन स्मारिका १०/१० गजलका साथमा प्रस्तुत भए । 

गजल पारखिको बाक्लो उपस्थिती रहेको महफिलमा दुबै गजलकारका अधिकांश गजलमा ‘वान्समोर’ सुनिएको थियो । गजललाई व्यवसायिक बनाउन टिकटमा गजलको कार्यक्रम महफिलको आयोजना गर्दै आएको कार्यक्रम संयोजक बाबु त्रिपाठीले बताए । 

महफिलको यो शृखलामा गायनमा गायक तथा संगीतकार मनोजराज शिवाकोटीले जया ओझा र सुमन स्मारिकाका २ गजल गाएका थिए । मनोजराजलाई तबलामा कुन्दन शाह र सितारमा सीता मैया राजचालले साथ दिएका थिए । 

 

 

 

प्रकाशित :वैशाख ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्