पहिलो क्यानोनिङ उपाधि गुरुङलाई

- राजाराम पौडेल

वैशाख ८, २०७५

कास्की अन्नपूर्ण गाउँपालिकाको विरेठाँटी छहरामा पहिलो पटक आयोजित क्यानोनिङ प्रतियोगिताको उपाधि घलेलका २१ वर्षीय सुनिल गुरुङले जितेका छन् । ५० मिटर अग्लो छहरामा डोरीले गाँठो पार्दै माथि उक्लने र झर्ने काम ४ मिनेट २६ सेकेन्डमा पूरा गरेर उनले उक्त उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा विरेठाँटीका २५ वर्षीय अतीत गुरुङ ५ मिनेट ३४ सेकेन्डको समय लिँदै फस्ट रनर्सअप भए भने अन्नपूर्ण गाउपालिकाका २४ वर्षीय राजु नेपालीले ५ मिनेट ५९ सेकेन्ड लगाउँदै तेस्रो स्थानमा चित्त बुझाए । यो क्यानोनिङ प्रतियोगिता नेपालको पहिलो क्यानोनिङ प्रतियोगिता भएको आयोजकहरूको दाबी छ ।

पोखरा क्यानोनिङ तथा विरेठाँटी क्यानोनिङले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा नेपालका २० जना क्यानोनिङ गाइडले भाग लिएका थिए । प्रतियोगितामा कास्कीसहित भोटेकोसी, ककनी, सुन्दरी जल, लमजुङ, बागलुङ, पर्वतमा रहेका क्यानोनिङ गाइडहरूले भाग लिएका थिए । कार्यक्रमको थप आकर्षणमा लाइभ पप कन्सर्ट तथा पुल डान्स पार्टीका साथमा सांस्कृतिक प्रस्तुति पनि थियो ।

गर्मीमा साहसिक खेल क्यानोनिङमा रमाउनेहरू कास्कीको ल्याङ घलेल तथा विरेठाँटीमा पुग्छन् । नेपालमा क्यानोनिङ गाइडहरूलाई अझैसम्म लाइसेन्स उपलब्ध गराइएको छैन । यसले आफूहरूलाई समस्या भएको उनीहरूको गुनासो छ ।

 

 

प्रकाशित :वैशाख ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्