म्यूजिक भिडियो अवार्ड मलेसियामा

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७५

‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना हुने भएको छ । संगिक्षा फिल्मस्को आयोजनामा यस अघि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो । नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाको संयुक्त आयोजनामा यो अवार्ड आयोजना हुन लागेको हो ।

पत्रकार सम्मेलन गरेर ३२ विधामा आयोजना हुन लागेको अवार्डको  बारेमा जानकारी  दिइयो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताएको छ ।

आयोजकले आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गर्ने जनाएको छ ।

मलेसियामा विक्रम जंग शाही र जयराम तिमिल्सिनाले अवार्डको व्यवस्थापन गर्नेछन् । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले पहिलेदेखि नै आफूहरुले मलेसियामा अवार्ड आयोजना गर्न खोजेको र तेश्रो पटक संभव भएको बताए ।

 

प्रकाशित :वैशाख ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्