आर्ट क्याम्प

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७५

हरेक वर्षझैं आर्टुडियोको आयोजनामा गत चैत १८ प्रारम्भ भएको लिटल पिकासो ११ औं श्रृंखला : स्पिङ आर्ट क्याम्प–२०१८ चैत २७ गते सम्पन्न भएको थियो । 

विद्यालयको वार्षिक बिदा मनाइरहेका १४ जना बालबालिका आर्टुडियोको उक्त कला क्याम्पमा सहभागी भै वरिष्ठ कलाकार एवं फोटोग्राफरहरूसँग १० दिनसम्म रमणीय वातावरणमा साधनारत भए र अत्यन्तै रचनात्मक कलाकृति सिर्जना गर्न सफल भए ।

 

उक्त क्याम्पमा सिर्जना गरिएका कलाकृति वैशाख १ गतेदेखि एक सातासम्म स्वयम्भू, छाउनी हस्पिटल सडकस्थित आर्टुडियोको प्राङ्गणमा प्रदर्शनीका लागि राखिएको छ ।

 

प्रकाशित :वैशाख ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्