हाइज्याक

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७५

निर्देशक : आकर्ष खुराना, कलाकार : सुमित व्यास, सोनाली सहगल, मंत्रा तथा कुमुद मिश्रा, संगीत : न्युक्लिया, श्वेतांग शंकर, स्लोचिता, रजत तिवारी, अनुराग सालकिया

हाइज्याक चलचित्रको कथा एक समस्याग्रस्त कर्मचारीको वरिपरि घुमेको छ । ती कर्मचारी एयरलाइन्समा कार्यरत हुन्छन् । केही व्यक्तिले एयरलाइन्सको अन्तिम उडानलाई अपहरण गर्छन् । त्यही अन्तिम उडानमा डिजे राकेश पनि सवार छन् । अपहरणकारीले अपहरण गरिसकेपछि उनले आफ्नो भाडा फिर्ता माग्छन् । केही रमाइला र केही अचम्मका मानिस पनि यही उडानमा छन् ।

विमान अपहरण भैसकेपछि केही यस्ता घटना देखा पर्छन् कि बिन्दास यात्रा गरिरहेका मानिसहरू एकाएक आश्चर्यको अवस्थामा पुग्छन् । जमिनबाट हजारौं फिटमाथि एउटा विशेष पार्टी सुरु हुन्छ अनि त्यसपछि के हुन्छ ? यस्तै रमाइला घटनामा आधारित यो चलचित्र आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित :वैशाख ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्