Teej banner

ट्रेडिसनल ब्युटी

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७५

विशेष गरी वैवाहिक समारोहमा सहभागी हुन ब्राइट कलरको साडीका साथमा क्रप टप लगाउनुपर्छ । यसले व्यक्तित्वलाई आकर्षक देखाउँछ । 

घरको वैवाहिक कार्यक्रममा लेहेंगाका साथमा ज्याकेट, फ्लोरलेन्थ अनारकली अनि लङ ज्याकेट लगाउन सकिन्छ । 

साथीको इन्गेजमेन्ट वा वेडिङ समारोहमा प्लाजोका साथमा सर्ट टप र श्रग, सर्ट टपका साथमा जोधपुरी पाइन्ट आदि प्रयोग गर्नुपर्छ । 

साथीको ककटेल पार्टी वा ब्याचलर पार्टीमा, धोती पाइन्ट वा सर्ट टपका साथमा केप लगाउनु राम्रो हुन्छ । यसैगरी ज्याकेटका साथमा लङ स्कर्ट पनि प्रयोग गर्न सकिन्छ । 

रिसेप्ससन पार्टीमा वेस्टर्न गाउनले कुल क्लासी लुक प्रदान गर्छ । 

ट्रेडिसनल वेयरमा यो वर्ष साडी गाउन, सरारा, ड्रेप्ड साडी, फ्लोरलेन्थ अनारकली आदि फेसनमा रहने अनुमान छ । 

ट्रेडिसनल वेयरमा ह्यान्ड लुम, ह्यान्डी क्राफ्ट, मेड इन कन्ट्री कन्सेप्ट पपुलर रहनेछ ।

प्रकाशित :वैशाख ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्