दया र प्रियंकाको हयाप्पी डेज’ वैशाख १४ मा

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७५

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘हयाप्पी डेज’को सार्वजनिक मिति बैशाख १४ गतेका लागि जुरेको छ । बेलायतमा रहेका नेपाली व्यवसायीहरूले बनाएको यो चलचित्र गत माघ १२ गते नै रिलिज हुने तय भए पनि विभिन्न कारण रोकिएको थियो । अब भने बैशाख १४ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको निर्देशक मिलन चाम्स बताउछन् ।

त्रिकोणात्मक प्रेम कथामा ‘हयाप्पी डेज’ बेलायतको राजधानी लन्डन, स्कटल्यान्ड र वेल्समा करिब ९५ प्रतिशत छायांकन गरिएको छ । चलचित्रमा दयाहाङ र प्रियंकाका साथमा सञ्जय गुप्ता, बिक्की जोशी, रितेश चाम्स, मोनिका गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । 

लन्डन सिने आई प्रोडक्सन र चाम्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बीपी खनाल, भवानी शर्मा, हिरल जोशी, निर्देशक चाम्स स्वयं र डा. अशोक बंसलले चलचित्रमा लगानी गरेका छन् । 

 

प्रकाशित :वैशाख ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्