चंगाको कम्पनी माला

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७५

आगामी जेठ २५ गते प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘चंगा’ को पहिलो गीत ‘कम्पनी माला...’ रिलिज भएको छ । सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ । गायनमा शिवाकोटीसँगै गायिका अन्जु पन्तले आवाज मिसाएकी छिन् ।

सार्वजनिक गीतमा बुद्धि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमवर्षा शाहलगायतका कलाकार फिचरिङ भएका छन् । चलचित्रमा यि कलाकार शिर्ष भूमिकामा देखिने बताईएको छ । 

भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ । किशोर भण्डारी ‘डिठ्ठासाब’ को निर्देशन रहेको चलचित्रको पटकथा पनि भण्डारीकै हो । उनले चलचित्र पूर्णत: कमेडी फ्लेभरको रहेको बताए । 

कम्पनि मालाको भिडियो

 

प्रकाशित :वैशाख ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्