काठमाडौंमा घर किन्ने छु

  • गितार बजाउन सिक्नेछु

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७५

काठमाडौंमा घर किन्ने छु 

 

 ०७५ सालमा ‘मेलिना’ गीति एल्बम सार्वजनिक गर्छु । 

 म अहिले काठमाडौँमा रेन्टमा बस्छु । त्यसैले ०७५ सालमा चाहिँ काठमाडौँमा एउटा घर किन्ने योजना बनाएकी छु । 

 ०७४ मा भएका गल्ती कमजोरीहरूलाई सुधार्ने प्रयास गर्छु । 

 मेरी बहिनी जुनु पनि गीत गाउन थालेकी छिन् । ०७५ सालमा उनलाई पनि चर्चामा ल्याउन पहल गर्नेछु ।

 आफ्नो एउटा डान्सिङ गीतमा आफैँले मोडलिङ गर्ने योजना छ । 

                                                                                मेलिना राई, गायिका  

गितार बजाउन सिक्नेछु 

 

नयाँ भाषा सिक्नेछु । 

नयाँ कुकुर पाल्नेछु । 

थुप्रै नयाँ–नयाँ ठाउँ घुम्ने योजना बनाएकी छु । 

साहसिक खेलहरूको आनन्द लिनेछु, सम्भवत: म यो वर्ष स्काई ड्राइभिङ गर्नेछु । 

गितार बजाउन सिक्नेछु ।

                                                              सविता कार्की, मोडल

प्रकाशित :वैशाख ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्