डे टु डे फेसन

- साप्ताहिक संवाददाता

वैशाख ४, २०७५

 

 

दैनिक प्रयोगका हिसाबले रेगुलर जिन्स, ट्राउजर, फर्मल सर्ट, प्रिन्टेड ज्याकेट, ए लाइन ड्ेरसेज, लङ तथा मिडी ड्रेस, प्पिटेड स्कर्ट, पेन्सिल स्कर्ट, एसिमिड्रिकल टप आदिलाई प्राथमिकतामा राख्नुपर्छ । यिनले स्टाइलिस लुक प्रदान गर्छन् । 

 

 ट्रेडिसनल वेयरमा लङ कुर्ताका साथमा पलाजो यो वर्ष फेसनमा रहनेछ । 

 

 ट्रेडिसनल वेयरमा धेरै फिटिङयुक्त पहिरन रुचिमा पर्नेछैन । कुल एड कम्फर्टेबल पहिरन सबैको च्वाइस बन्नेछ । 

 

 फ्रेस एवं यंग लुकका लागि फ्लोरल प्रिन्ट, चेक्स, स्ट्राइप्स, डिजिटल प्रिन्टस जस्तै मोर्डन प्रिन्ट्स आफ्नो रेगुलर कलेक्सनमा समावेश गर्नुपर्छ । एक साथ धेरै प्रिन्ट्सलाई मिक्स म्याच गर्नुहुँदैन ।

 

 ट्रेन्डी लुकका लागि विन्टर वेयरमा लेयरिङ ट्राइ गर्नुपर्छ । लङ कुर्ताका साथमा स्कर्ट र स्कार्फ लगाउनुपर्छ । मेक्सी ड्रेसका साथमा लङ कुर्ता लगाउन सकिन्छ । यसैगरी रेगुलर जिन्स टि सर्टका साथमा पनि लङ ज्याकेट र स्कार्फ पनि सुहाउँदो हुन्छ । 

 

 यो वर्ष स्पोर्टी लुक धेरैले मन पराउनेछन् । त्यसैले दैनिक प्रयोगमा स्पोर्टी लुक पनि अपनाउन सकिन्छ । सर्ट ड्रेसका साथमा स्किनर्स लगाउनु ठीक हुन्छ । यो कम्बिनेसनले यंग एन्ड ट्रेन्डी लुक प्रदान गर्छ । 

 

प्रकाशित :वैशाख ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्