शिल्पाको वीराङ्गना असार २९ मा

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७५

 

अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको चलचित्र ‘वीराङ्गना’ असार २९ गतेबाट रिलिज हुने भएको छ । राज बहादुर सानेले निर्देशन गरेको यो चलचित्रमा अनुप विक्रम शाहीले शिल्पासँग जोडी बाधेका छन् ।  

नारी प्रधान कथाबस्तुका साथमा एक्शन जनरामा निर्माण भएको चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह–निर्माताका रुपमा रहेका छन् । चलचित्र वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । 

चलचित्रमा शिल्पा र अनुप विक्रमका अलवा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धुब्र कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

प्रकाशित :वैशाख ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्