भोर ट्रेलर

- साप्ताहिक संवाददाता

वैशाख २, २०७५

यादवकुमार भट्टराईले निर्देशन गरेको ‘भोर’को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथा उठान गरेको चलचित्र यूनिटले नयाँ बर्षको शुभकामना स्वरुप  ट्रेलर रिलिज गरेको हो ।

चलचित्रको कथा साहित्यकार कृष्ण धरावासीले लेखेका हुन् । त्यस्तै फिल्मलाई निर्देशक भट्टराईले पटकथामा ढालेका छन् । तराईमा मात्र नभएर पहाडमा पनि दाइजो प्रथा व्याप्त छ । चलचित्रले उठाएको मुख्य विषयवस्तुको वरीपरी नै ट्रेलर घुमेको छ ।

चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।चलचित्र बैशाख २१ बाट प्रदर्शनको तयारीमा छ ।

भोर ट्रेलर : 

 

प्रकाशित :वैशाख २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्