ट्विटरमा नयाँ वर्ष

- साप्ताहिक संवाददाता

वैशाख २, २०७५

राजनीतिक बेथितिले थिचेको, नाकाबन्दीले थलिएको, भूकम्पले लडेको मेरो देश जुन दिन उठ्नेछ त्यही दिन मेरा लागि दसैं, तिहार, लोसार, छठ अनि नयाँ वर्षको उत्सव हुनेछ ।

मंगल शाही

वर्षमा दुई–चार चोटि नयाँ वर्ष मनाउनुपर्छ । कस्तो विडम्बना †

रोशन

मान्ने हो भने प्रत्येक बिहानीले नयाँपन बोकेको हुन्छ । नयाँ वर्ष पनि ३ सय ६५ दिनमध्ये कुनै दिन मनाउन सकिन्छ । बस्, कुरा यति हो, एक वर्ष पूरा भएको आभास हुनुपर्‍यो र नयाँ दिनको सुरुवात गर्न सक्ने उमङ्ग मिल्नुपर्‍यो ।

चिरञ्जीवी आचार्य

यस्सो सुतौं भनेको त फेरि नयाँ वर्ष पो आउन लाइसकेछ, नेपालाँ सुत्ने वातावरण नै छैन भन्या ।

शुभ शुभ

नयाँ वर्ष जहिले पनि दौडधूपमै बित्छ, कहिलेकाहीं त फुर्सदमा आउनु नि । हाम्ले चैं फुर्सदमा मनाउन नि नपाउनु ?

मानुषी

के आँगन जोडिएका भाइ–बुहारी भन्नु, यत्रो नयाँ वर्ष आयो गयो, शुभकामना दाजु नि भनेनन् । मेरा तर्फबाट चाहिं हार्दिक शुभकामना छ है दुवैलाई ।

महेश क्षेत्री

हे नयाँ वर्ष

भोकालाई बन गाँस

घरविहीनलाई बन बास 

भ्रष्टलाई गर नाश 

विद्यार्थीलाई गर पास 

दु:खीको बन दास 

तब छरिन्छ यहाँ सुवास । 

रामचन्द्र नेपाल

मुस्कुराउँदै आयौ नयाँ वर्ष स्वागत छ तिमीलाई

छाडी जानू मुस्कान र समृद्धि हामीलाई

यदि टिकट मिल्छ भने,

लिएर जानू देशद्रोही र राष्ट्रघातीलाई ।

सुनिल चाम्लिङ 

मन खुसी र शान्त भए हरक्षण नयाँ हुन्छ । असन्तोषले कुनै पनि कुरामा नयाँपन दिँदैन । मुस्कुराऔं, सकारात्मक बनौं अनि हरक्षणलाई नयाँ बनाऔं ।

साम

चलिरहेको जिन्दगीसँगै रमाऊ 

भोलिको पिर नलिई 

आजसँगै रमाऊ

सबैको साथ, हात अनि नयाँपनका साथ नयाँ वर्ष मनाऊ ।

कमल कुँवर

नयाँ वर्ष खाली कापीजस्तै हो । यसको पाना जसरी भर्नुहुन्छ अन्त्यमा फल पनि उस्तै आउँछ ।

निमेष पौडेल 

जिन्दगी उबडखाबडवाला ग्राभेल सडक होस्, निरपेक्ष सुख भनेको त उही बीच–बीचमा आउने पक्की पुलमा एकछिन सलल गाडी कुदेजस्तै त हो । 

मान्ठा

न्यू इयर मनाउँदा विदेशीको मनाएको भनेर विरोध गर्ने, नयाँ वर्ष मनाउँदा काम छैन नेपालीको, रमाइलो गर्ने निहुँ चाहिन्छ भन्नेलाइ के भन्ने ? 

कपिल पोखरेल

वर्षमा दुई पटक नयाँ वर्ष मनाउने भाग्यमानी नेपालीबाहेक अरू को होलान् त ?

डेजाभु

अलिअलि युरिक एसिड लागेछ, अलिअलि बियर लागेछ । अलिअलि फुटसल लागेछ अनि अलिअलि जंकफुड लागेछ । समग्रमा नयाँ वर्ष लाग्यो दाजु ।

जेन्टल म्यान

प्रकाशित :वैशाख २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्