८० वर्ष पुरानो पोखरा

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७४

पोखराको ८० वर्ष पुरानो स्वरूपलाई यो हप्ता काठमाडौं बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शन गरियो । पोखराका जगन्नाथले २०१० सालदेखि हालसम्म संकलन गरेका तस्बिरलाई उनका छोरा सुनिल उलकले प्रदर्शन गरेका हुन् । यी तस्बिर पोखरेली दिदीबहिनी समूहको सहयोगार्थ बिक्रीका लागि राखिएको थियो ।

प्रदर्शनीमा रहेका तस्बिरबाट हाम्रा पुर्खाले सिर्जिएका पुराना कला–संस्कृति एवं धरोहरहरू अवलोकन गर्न सकिन्थ्यो । करिब ५० हजार पुराना तस्बिर आफूसँग संकलनमा रहेको सुनिलले बताए । प्रदर्शनीमा भने ९७ वटा तस्बिर राखिएका थिए, बाँकी केही तस्बिर प्रोजेक्टरमार्फत प्रदर्शन गरिएको थियो ।

 

प्रकाशित :चैत्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्