दया र छुल्ठिमको नेप्टे

- साप्ताहिक संवाददाता

चैत्र ३०, २०७४

निर्देशक : देवकुमार श्रेष्ठ

कलाकार : दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ  तथा पूर्णिमा लामा ।

संगीत : भानुभक्त ढकाल तथा ओम सुनार

रोसाफी फिल्म्सको ब्यानरमा निर्मित ‘नेप्टे’ आजदेखि देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा पहिलो पटक नायक दयाहाङ राई नकारात्मक भूमिकामा प्रस्तुत हुँदैछन् । यो चलचित्रका ट्रेलर तथा गीत यसअघि नै सार्वजनिक भैसकेका छन् । 

नेप्टे सामाजिक हास्यव्यंग्यात्मक चलचित्र भएको निर्देशक श्रेष्ठले बताएका छन् । काठमाडौं तथा केही बाहिरका जिल्लामा खिचिएको यो चलचित्रले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने निर्माण टिमको दाबी छ ।

प्रकाशित :चैत्र ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्