माया लगाउँदै आए सारा र निराजन

चैत्र २७, २०७४

गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ...’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।

संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् ।

प्रस्तुत गीतमा संगीत पनि थापाकै छ । आफ्नै संगीत भएकाले हुनसक्छ संगीतकार थापा यो गीतको गायनमा खुलेका छन् । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।

नेपालका स्थापित म्युजिक भिडियो निर्देशक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरु झैं रोमान्टिक बनाएका छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

यो भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याउनु भएको हो ।

 

माया लगाइको म्युजिक भिडियो

 

प्रकाशित :चैत्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्