सचिनको प्रेममा स्वस्तिमा

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७४

आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको सार्वजनिक गीतमा शब्द तथा  संगीत  कमल खत्रीको  रहेको छ ।

भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीले जोडी बाधेका छन् । विकास सुवेदीले निर्देशन गरेको यसै म्यूजिक भिडियो मार्फत सचिनले अभिनयमा डेब्यु गरेका छन् । 

भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

 

तिमीबाटको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्