Teej banner

पानोरमा रिसोर्ट@रानीकोट

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७४

काठमाडौंबाट झन्डै २० किलोमिटरको दूरीमा पर्छ— रानीकोट । भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोल र काभ्रेको र्‍यालेको दोसाँधमा पर्ने रानीकोटबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि तथा लाङटाङजस्ता ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल हेर्न सकिन्छ । रानीकोटको शिरमा छ, पानोरमा रिसोर्ट । 

रिसोर्टमा स्थानीय कुखुरा तथा खसीको मासु चाख्न पाइन्छ । समूह वा प्याकेजमा आउनेलाई विशेष छुटको व्यवस्था भएको रिसोर्टका सञ्चालक पीपी थुलुङले बताए । अहिले यो रिसोर्टमा सुविधासम्पन्न १२ वटा टेन्ट तथा दुईवटा आकर्षक कोठा उपलब्ध छन् ।

कसरी पुग्ने ? 

निजी सवारी साधन छ भने सूर्यविनायकबाट सिधै यो रिसोर्ट पुग्न सकिन्छ । यो रिसोर्टले आफ्ना पाहुनाहरूका लागि गाडीको व्यवस्था पनि गरिदिन्छ ।

क्षमता : एक पटकमा ६० जना

खर्च : एक रातको बास, डिनर तथा ब्रेकफास्टको १ हजार ८ सय रुपैयाँ प्रतिव्यक्ति

प्रकाशित :चैत्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्