प्रविशाको पखेटा सार्वजनिक

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७४

गायिका प्रविशा अधिकारीको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पखेटा’बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो फरक शैलीमा निर्माण गरिएको छ । सार्वजनिक गीतमा मनिष बशिष्टको शब्द तथा राजेन्द्र सुवेदीको संगीत रहेको छ । गायनमा प्रविशालाई बिष्णु आचार्यले साथ दिएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको गीतमा स्याडो एक्ट देखाइएको छ । गीतमा लेखिएका शब्दको भावलाई स्याडो एक्ट मार्फत प्रस्तुत गरिएको योगीत वान सटमै छायाँकन गरिएको हो । गीतको लागि प्रोपर्टी डिजाइन र त्यसको व्यस्थापन सागर लामाले गरेका हुन् । 

गीतको एरेन्ज अनिल धितालले गरेका हुन् भने मिक्सीङ फिरोज बज्राचार्यले गरेका छन् । गीतको म्यूजिक भिडियोमा सुबोल थापा, राजु नेपाली, अनन्त राई, रिना खत्री, सरिना सुनुवार, अनिमा लामाले अभिनय गरेका छन् । 

 

पखेटाको मयूजिक भिडियो :

प्रकाशित :चैत्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्