चर्चित व्यक्तिसँग सेल्फी लिने होड किन चलेको होला?

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७४

मानिसहरू फेसबुकको प्रोफाइल र ट्विटरको डीपी फेर्न जे पनि गर्छन् । महँगो रेस्टुराँमा गएर सेल्फी लिनु अरूको बाइकमा बसेर सेल्फी हान्नु । सपिङ सेन्टरसम्म पुग्नुको उद्देश्य अरूलाई देखाउनु नै हो । त्यस्तै चर्चित व्यक्तिसँग पनि फोटो खिचाउनु पनि आफैंले चर्चा बटुल्न हो । 

सागर आचार्य

मेला–पर्वले गर्दा हो नि । सबैको भेटघाट हुन्छ । त्यहाँ अरू के काम हुन्छ र ? चर्चित मानिसहरूसँग सेल्फी खिच्न पनि नपाउनु ? त्यही सेल्फीको आशमा त टिकट किनेर मेला हेर्न गइएको हुन्छ । 

कुन्साङ तामाङ

सरी ब्रो, आजसम्म मैले कसैसँग सेल्फी लिएको छैन र लिन्न पनि । सबै मानिस हामीजस्तै हुन् । फरक यति हो, हामी सामान्य, उनीहरू हिट् ।

सिरु

समाजमा धाक अनि रवाफ देखाउन । झिँगाहरू सिनोमै झुम्मिन्छन्— बाँकी कुरा मिलाएर बुझ्नुहोस् ।

रवीन क्षेत्री

आइन्दा यस्ता बकमफुसे प्रश्न सोध्ने काम बन्द गरम् है ।

नमस्कार गर्ने मान्छे

पैसा किन कमाइन्छ ? मानिसलाई दु:ख, पीडा र चिन्ता किन हुन्छ ? भन्ने प्रश्न पो सोध्नुपर्ने ।

मिलन बोहारा

स्वभाविक हो । यस्तो इच्छा सबैमा हुन्छ । 

अनिल कार्की

धेरैभन्दा धेरै लाइक र कमेन्ट प्राप्त गर्न । 

भीष्म न्यौपाने

चर्चित व्यक्तिको साथमा छु भन्ने देखाउन ।

झपेन्द्र

फेसबुकमा हाल्न । 

प्रयास दुमी राई

सानपट्टी दिन । 

दिपेश

काम नपाएर । 

विकास मगर

तपाईं हामीसँग किन प्रश्न सोध्नुहुन्छ ? त्यस्तै कुरा हो । 

मिलन 

सान देखाउन । 

कैलाश भट्टराई

काम नपाएर । काममा व्यस्त हुनेहरूलाई कसैसँग सेल्फी खिच्ने फुर्सद नै कहाँ हुन्छ र ?

लक्ष्मण

चर्चित व्यक्तिसँग डिनर गरेको, हात मिलाएको सेल्फी खिचेर सर्वसाधारणलाई देखाई यस्ता–यस्ता व्यक्तिसँग मेरो चिनजान छ भनी धाक–धक्कु देखाउनु ठगीको पहिलो हतियार हो । 

कलियुगको वाल्मीकि

प्रकाशित :चैत्र २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्