यो वर्षको उत्कृष्ट चलचित्र कुन हो ?

- साप्ताहिक संवाददाता

चैत्र २५, २०७४

यो वर्षको उत्कृष्ट चलचित्र जात्रा हो । निकै रमाइलो चलचित्र छ ।

दिनेश राउत, निर्देशक

मलाई जात्रा मन पर्‍यो । मौलिक, जीवन्त अभिनय र सरल कथाका कारणले ।

डा. आयुषमान घिमिरे, अभिनेता

चलचित्र मंगलम । किनभने जोकसैको जीवनसँग मेल खान सक्छ । समयसापेक्ष छ, हाम्रो समाजमा घटिरहेका घटना हेर्न पाइन्छ यो चलचित्रमा ।

नारायण बीपी परियार, गायक

मलाई मन परेको चलचित्र फाटेको जुत्ता हो । नेपालको तराई–मधेसको कथा समेटिएको यो चलचित्रमा नायक सौगात मल्ल आफ्नो क्रेजले भन्दा पनि फरक अभिनयले दर्शक रिझाउन सफल छन् ।

वासुदेव केसी, गायक

मैले हेरेमध्ये २ रुपैयाँ सबैभन्दा राम्रो चलचित्र लाग्यो । यसले चलचित्र हेर्दासम्म पूरै रमाइलो अनुभव गराउँछ ।

गम्भीर विष्ट, कोरियोग्राफर

हेर्छु भनेका चलचित्र हेर्न पाइएन, ठूला बजेटमा निर्माण गरिएका केही चलचित्र हेरियो, तर यो वर्ष पनि भनेजस्तो कम्प्लिट प्याकेज हेर्न पाइएन । बरु सामान्य तरिकाले प्रदर्शनमा आएको चलचित्र घामपानीले मेरो मन छोयो । घामपानीमा केकी अधिकारीलाई सुहाउँदो ढंगमा प्रस्तुत गरिएको पाएँ । सामान्य विषयलाई रोचक ढंगमा प्रस्तुत गरिएको थियो ।

सुप्रिया कटवाल, अभिनेत्री

‘कृ’ नै सबैभन्दा राम्रो लाग्यो । मुख्य कलाकारको हार्ड वर्किङका कारण यो चलचित्र राम्रो भएको हो । स्पेसल्ली अनमोल र अनुपको अभिनय उत्कृष्ट छ ।

आमेश भण्डारी, अभिनेता

प्रेमगीत र शत्रुगते राम्रा चलचित्रमा पर्छन् । प्रेम गीत म आफैंले अभिनय गरेकाले मात्र होइन, यो समग्रमा धेरैले मन पराएको चलचित्र हो । अहिले प्रर्दशन भैरहेको चलचित्र ‘शत्रुगते’ पनि राम्रो छ ।

अश्लेषा ठकुरी, अभिनेत्री

ब्लाइन्ड रक्स यो वर्षको सबैभन्दा राम्रो चलचित्र हो । मलाई यथार्थमा आधारित चलचित्र मन पर्छन् ।

सुरज सुब्बा नाल्बो, निर्देशक

जात्रा उत्कृष्ट लाग्यो । विपिन कार्कीको जीवन्त अभिनयले घाइते बनाएको छ ।

नवीन प्यासी राई, साहित्यकार

छक्कापन्जा । यसको डाइलग खुबै राम्रो छ ।

धीरज राई, गायक

स्टोरी र मेकिङका हिसाबले पञ्चायत र अर्को हिसाबले म यस्तो गीत गाउँछु । पञ्चायतचाहिँ मैले अभिनय गरेका कारणले होइन कि साँच्चिकै राम्रो चलचित्र बनेको छ ।

गणेश गिरी, अभिनेता

यो वर्षको उत्कृष्ट चलचित्र पञ्चेबाजा । किनभने यसमा समावेश कथा र स्क्रिनप्ले, कलाकार, निर्देशन सबैको काम राम्रो छ ।

दीपेन्द्र घिमिरे, पत्रकार

यो वर्ष मैले हेरेकामध्ये सबैभन्दा राम्रो चलचित्र— कान्छी लाग्यो । किनभने यो पारिवारिक कथामा आधारित चलचित्र हो । यो वर्ष मैले यस्तो खालको अर्को चलचित्र हेर्न पाइनँ ।

रोजीना श्रेष्ठ, फेसन डिजाइनर

कृ नै मलाई बढी मन परेको चलचित्र हो, तर धेरैलाई हावा लाग्यो रे । 

शशान कँडेल, गायक

यो वर्षको सबैभन्दा उत्कृष्ट चलचित्र २ रुपैयाँ हो । यसको कथा तथा कलाकारको अभिनय धेरै राम्रो छ ।

कुशल श्रेष्ठ, निर्देशक

शत्रुगते मलाई मन परेको चलचित्र हो । यो चलचित्रको हास्य पाटो राम्रो छ । चलचित्र हेर्दासम्म कुनै पनि दृश्य वाक्कलाग्दो लाग्दैन ।

असिम केसी, गायक

वसन्त निरौलाको मेला निकै मन पर्‍यो । यो चलचित्रमा लभस्टोरी, कमेडी र द्वन्द्वको सम्मिश्रण छ ।

पवित्रा आचार्य, अभिनेत्री

प्रकाशित :चैत्र २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्