बन्ने भयो चलचित्र म्हेन्दू

- साप्ताहिक संवाददाता

चैत्र २३, २०७४

चलचित्र ‘म्हेन्दू’को शुभमुर्हुत गरिएको छ । मारोन मुभी एण्ड इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माणा हुन लागेको चलचित्र म्हेन्दूको राजधानीमा एक कार्यक्रमबीच सुभमुर्हुत गरिएको हो ।चलचित्रको मुहुर्तमा पर्यटनमन्त्रि रबिन्द्र अधिकारीले क्ल्याप हानेर चलचित्र सफलताको शुभकामना व्यक्त गरे । 

‘म्हेन्दू’ले हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबीचको भावनात्मक सम्बन्ध उठान गर्ने निर्माण पक्षको भनाई छ । चलचित्र देव नेपालले निर्देशन गर्ने छन् । यो चलचित्रको कथा पनि निर्देशक नेपालकै हो । 

अर्जुनप्रसाद डोटेल र रामकुमार अधिकारीले चलचित्रमा सयुक्त रुपमा लगानी गरेका छन् । चलचित्र मार्फत नव–नायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् । सोनु राई चलचित्रको नायिका हुन् । एसराज कुमार, बिन्दा थिङ, कालु राना, चन्द्रमणि मुडभरी, बाबुराम शाक्य, लक्ष्मण देबकोटा, किशोर खतिवडालगायतका कलाकारले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । 

 

प्रकाशित :चैत्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्