रेलिमाइमा कार्टुन क्रु

- साप्ताहिक संवाददाता

चैत्र २३, २०७४

 

नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको दमदार डान्स देख्न सकिन्छ । ‘रेली माइ’ बोलको गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । 

भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् । 

 

रेली माइको म्यूजिक भिडियो :

 

प्रकाशित :चैत्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्