पूर्णिमाको हिरोज आजबाट

- साप्ताहिक संवाददाता

चैत्र २३, २०७४

निर्देशक : एनबी महर्जन

कलाकार : करिश्मा मानन्धर, मुकेश ढकाल, पूर्णिमा लामा ।

संगीत : टंक बुढाथोकी ।

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज’ आज शुक्रबार सार्वजनिक प्रदर्शनमा आउँदैछ । एनबी महर्जनद्वारा  निर्देशित चलचित्र हिरोजले बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्यायविरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गर्ने चलचित्र निर्माण पक्षको भनाइ छ । 

यो चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसी आदि कलाकारले अभिनय गरेका छन् । जयलक्ष्मी फिल्म्सको ब्यानरमा निर्मित चलचित्र हिरोजकी प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्माता युवराज लामा, शेखर लामा तथा संजोग राणा । 

शिव ढकाल तथा रामशरण उप्रेतीले खिचेको यो चलचित्रमा कमल राई, कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व हेर्न पाइनेछ । चलचित्र हिरोजको वितरण श्रीराम बालाजी फिल्म्सका सुनील मानन्धरले गर्दैछन् भने यसका केही गीत तथा पोस्टर यसअघि नै सार्वजनिक भैसकेका छन् ।

प्रकाशित :चैत्र २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्