ट्रेलरमा डमरुको डन्डीबियो

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७४

अभिनेता खगेन्द्र लामिछानेले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर रिलिज भएको छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित यो चलचित्र छेतेन गुरुङले निर्देशन गरेका हुन् । 

चलचित्रमा खगेन्द्रका साथमा मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकार पनि शिर्ष भूमिकामा देखिने छन् । 

चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । राजधानीका केहि स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले चलचित्रको प्रचार र डन्डीबियोको महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ । चलचित्र बैशाख २१ गतेबाट प्रदर्शनको प्रचार/प्रसारमा छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन रहेको चलचित्रमा निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

डमरुको डन्डीबियोको ट्रेलर :

प्रकाशित :चैत्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्