लिलिबिलीको जापान प्रिमियर उत्साहजनक

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७४

जापानमा प्रिमियर गरिएको चलचित्र ‘लिलिबिली’ले दर्शकको प्रशंसा पाएको छ । जापानको टोकियो स्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा प्रिमियरमा सहभागीता जनाउन चलचित्रका मुख्य कलाकार अभिनेता प्रदीप खड्का र नव–नायिका जसिता गुरुङ पनि जापान पुगेका थिए । साथमा निर्माता गोविन्द शाही सहभागी थिए । प्रिमियरलाई जापानको डेस्टिनी क्रियसनले आयोजना गरेका हो । 

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । केही दिन अघि ट्रेलर रिलिज भएको चलचित्रको ट्रेलर दर्शकले रुचाएका छन् ।

 

प्रकाशित :चैत्र २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्