प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल

- साप्ताहिक संवाददाता

चैत्र १९, २०७४

 

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा अभिनेता राजेश हमाल पनि सामेल हुने भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहने भएका छन् । 

कलाकार मध्ये राजेश हमाल त्यो टोलीमा रहने बताइएको छ । नयाँ दिल्लीमा रहादा प्रधानमन्त्रीको बलिउडका प्रतिष्ठित कलाकारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रमलाई मध्येनजर गर्दै अभिनेता हमाल र अन्य कलाकारलाई पनि भ्रमण टोलीमा समावेश गरिएको बताइएको छ  ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले भेट गर्ने भारतीय कलाकारहरुको अन्तिम टुंगो भने आज सााझसम्म लाग्नेछ । गत साता राजधानीमा सम्पन्न फान अवार्ड उद्धघाटनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि समावेश गर्ने बताएका थिए । 

प्रकाशित :चैत्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्