टेक्सासमा हमाल सेल्फी

- शब्द/तस्बिर : शिव शर्मा

चैत्र १९, २०७४

कालो कोट तथा कालै पाइन्टमा ठाँटिएका राजेश हमाल गत आइतबार दिउँसो अमेरिकाको टेक्सासमा नेपाली प्रशसंकहरूबाट घेरिए । हमालसँग सेल्फी खिच्नेहरूको झुन्ड बाक्लै थियो । सूर्य थापाको निर्माण एवं प्रस्तुतिको यु स्टार्ट अगेन कार्यक्रमको उद्घाटनका लागि न्युयोर्कबाट टेक्सास पुगेका हमाल एकोहोरो क्यामेरा र मोबाइल तारोमा परे । 

आयोजकले पनि हमालसँग सेल्फीका लागि समय नै छुट्याएकाले पनि दर्शक उनीसँग तस्बिर खिच्न झुम्मिए । तन्नेरीदेखि पाका दर्शक सबै हमालसँग सेल्फी लिन लालायित देखिन्थे । कार्यक्रमको सुरुवातदेखि अन्त्यैसम्म उनीसँग सेल्फी लिनेहरू ओइरिरहे । 

परदेशका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा उपस्थिति हुँदा रमाइलो अनुभूति हुने कुरा हमालले बताए । ‘यस्ता कार्यक्रमले आफ्ना प्रिय दर्शकलाई नजिकबाट भेट्ने अवसर जुटाउँछन्’ हमालले भने– ‘दर्शकको यस्तै माया नै हामी कलाकारहरूका लागि सबैभन्दा ठूलो प्रेरणा हो ।’ 

 

प्रकाशित :चैत्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्