अमेरिकामा नेपाली कलाकार

- शिव शर्मा

चैत्र १९, २०७४

अमेरिकामा नेपालीहरुको बसोबास बाक्लिदै जाँदा सांगीतिक कार्यक्रमको माहौलहरु पनि बढीरहेका छन्  । त्यस्ता कार्यक्रममा नेपालबाट कलाकार झिकाउने क्रम पनि उस्तै छ । नेपालीहरु बसोबास गर्ने  प्राय हरेक जसो राज्यहरु  यस्ता कार्यक्रममा चर्चित कलाकारहरुलाई झिकाईन्छ ।  न्युयोर्कमा गत साता मात्रै   नेपाल  म्युजिकल जर्नी नामक कार्यक्रममा  वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको बिशेष प्रस्तुती दिन आईपुगे ।  अमेकिामै रहेकी लोकप्रिय गायिका सपनाश्री लगायतका कलाकारले पनि उक्त कार्यक्रममा धुम मच्चाए ।हप्ता, महिना बिराएर हुने यस्ता कार्यक्रमहरुमा नेपालीहरु कलाकाहरुको ओईरो लाग्ने गरेको छ ।  

नेपाल आईडलका विजेता बुद्ध लामा संगै फस्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप प्रताप दासले झन्डै डेढ महिना अघि युएस टुर नामक सांगीतिक कार्यक्रम गरेर फर्किए ।

एक महिना लामो सांगीतिक कार्यक्रमका क्रममा उनीहरु टेक्सासको डालस र अस्टिनमा समेत धमाका मच्चाएका थिए । विजय भएसंगै पहिलो पटक अमेरिकाको सांगीतिक भ्रमणमा आएका उनिहरु निकै उत्साही देखिन्थे । ‘विदेशमा देखिएको दर्शकको सहभागिताले नतमस्तक देखिएका लामाले भनेका थिए– ‘विदेशमा पनि सोचे भन्दा बढी दर्शकको माया पाईयो ।’ उनी मात्रै हैन यहाँ सांगीतिक प्रस्तुतीका लागी आउने जो कोही कलाकार त्यतिकै रोमाञ्चित हुने गरेका छन् । नया परिवेशमा घुलमिल, घुमघाम, प्रवासी दर्शकको क्रेज र कार्यक्रमबाट हुने कमाईले पनि कलाकारको रोजाई विदेशको कार्यक्रम बन्ने गरेको छ ।  अंग्रेजी तथा नेपाली नया वर्ष, दशैतिहार लगायत विशेष समारोहहरुमा अझ बढी नेपाली कलाकारहरुको अमेरिकामा आउने गर्छन् । विदाको समय दर्शकको सहभागिता राम्रो हुने भएकाले पनि सांगीतिक माहौल शनिवार र आईतबार बढी जम्ने गरेको छ । लोकप्रिय कलाकारका साथमा झुम्ने र तस्विर खिचाउनेहरुको भिड हरेक कार्यक्रममा देखिन्छ । 

केही महिना अघि  सांगीतिक कार्यक्रमका लागी  गायक रामकृष्ण ढकाल  टेक्सस आउँदा भनेका थिए–‘दर्शकको सहभागिता र क्रेजले विदेशका कार्यक्रमहरुमा प्रस्तुती दिदा बेग्लै आनन्द आउछ ।’ केही वर्षको अन्तरालपछि लामो सांगीतिक यात्रा लागी परिवार सहित उनी आएका थिए ।  आधुनिक, पप लोकगायनमा चर्चा बटुलेका देखि हाँस्यप्रस्तुतीमा अब्बल ठहरिएका हरेक जसो कलाकार अमेरिकामा हरेक वर्ष ओइरिने गरेका छन् ।  यसरी आउनेहरु प्राय: पटक/पटक नै प्रस्तुतीका लागी आउने गरेको स्थायिन आयोजकले जनाएका छन् ।  त्यसो त केही वर्ष अघि देखि सुरु फिल्म अवार्ड कार्यक्रममा समेत सहभागिता जनाउने नेपाली फिल्मी कलाकारहरु पनि बाक्लो आगमन हुने गरेको छ । ‘सांगीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका आउने क्रम बढ्दै छ’ नेपाल समाज टेक्ससका पूर्व अध्यक्ष कृष्ण लामिछाने भन्छन्– ‘सोही अनुरुप कार्यक्रम पनि बग्रेल्ती रुपमा आयोजना हुने गरेको छ  । ’उनको कार्यकालमा धेरै नेपाली कलाकारहरुले टेक्सासमा आएर कार्यक्रम गर्ने अवसर पाएका थिए । 

 

सांगीतिक कार्यक्रमका अलवा केही औपचारिक कार्यक्रममा समेत  कलाकारहरुलाई आमन्त्रण गर्ने क्रम चलेको छ । हालै मात्रै पत्रकार सूर्य थापाले संचालन गरेको यु स्टान अगेन टिभी कार्यक्रमको उद्घाटनका लागी महानायक  राजेश हमाल प्रमुख अतिथीको रुपमा यहाँ आइपुगेका थिए । कलाकारलाई  अमेरिका झिकाएर कार्यक्रम गर्ने इभेन्ट अर्गनाईजरहरु पनि  त्यतिकै मात्रमा गठन भइ सक्रिय रहेका छन् । विशेष गरी न्युयोर्क, बाल्टीमोर, टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, डिसी, एटलान्टा लगायतका नेपालीहरु बसोबास रहेका राज्यहरुमा बढी मात्रमा कार्यक्रमहरु हुने गरेको  छ ।  राजेश पायल राई, धिरज राई देखि प्रमोद खरेल, सुनिता दुलाल बद्री पगेनी  पशुपति शर्मा, जितु नेपाल देखि सन्दिप क्षेत्री तथा मनोज गजुरेल आदी  कार्यक्रमका लागी नेपालबाट बढी मात्रमा अमेरिका आउने गरेका छनन् ।

अन्य कलाकार पनि अमेरिका आगमन त्यतिकै छ । अघिल्लो वर्ष दुई महिना अमेरिकामा कार्यक्रम गरेर फर्किएका लोकप्रिय गायक राजेश पायल राई चार महिना अगाडी पनि  कार्यक्रम गरेर फर्किएका थिए । कलाकाहरु कार्यक्रममा ओइरिने संगै कमाई पनि राम्रै गरेर फर्किने गरेका छन् । एल्बम बिक्न छाडेपछि कलाकारहरुलाई पछिल्लो समय स्वदेश तथा विदेशमा हुने यस्तै सांगीतिक कन्र्सटहरुले राहतको अनुभव गराएको छ । विदेशमा हुने कार्यक्रमहरुमा एउटा कलाकारले एउटा कार्यक्रम वापत सामान्य डेढ देखि पाँच लाख रुपैया समेत पारिश्रमिक लिने गरेका छन् । 

 

 

प्रकाशित :चैत्र १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्