नाइँ मलाई थाहा छैन
- टीका प्रसाईं, गायिका
चैत्र १७, २०७४
२०६१ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन्– टीका प्रसाईं । २०६२ सालमै रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेकी यी गायिकाले हालसम्म ३ सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् । यद्यपि उनलाई दर्शक तथा श्रोतामाझ चिनाउने गीत बन्यो– ‘नाइँ मलाई थाहा छैन ।’ उक्त युगल गीतमा गायिका प्रसाईंसँगै गायक सञ्जिव पराजुलीको पनि स्वर सुनिन्छ ।
गायिका प्रसाईंले आफ्नो एकल एल्बम ‘सँगसँगै’ का लागि गायक पराजुलीसँग गाएको ‘तिमी मलाई मन पर्छ’ गीत लोकप्रिय भएपछि अर्को एउटा राम्रो गीतको खोजी गर्न थालिन् । संगीतकार आशिष अविरलले उनलाई एउटा गीतको धुन सुनाए । पहिलो पटक सुन्दैमा उनलाई उक्त धुन मन पर्यो । अविरलकै पहलमा गीतकार एकनारायण भण्डारीले गायिका प्रसाईंलाई एउटा गीतको टुक्रा सुनाए–नाइँ मलाई थाहा छैन । अविरलको धुनमा ती शब्द ठ्याक्कै मिलेपछि गायिका प्रसाईं तथा गायक पराजुलीले गीत रेकर्ड गराए ।
पहिलो पटक रेकर्ड गरिएको गीत केही स्लो थियो । भिडियोमा कार्टुन्ज क्रू फिचर हुने भएपछि गीतलाई क्लब मिक्स गरेर फास्ट बनाइयो । परिणाम उक्त गीतको भिडियो एक वर्षको अवधिमा २ करोड १८ लाख ७७ हजार भन्दा बढी पटक हेरिएको छ । गीत र भिडियोको लोकप्रियतासँगै गायिका प्रसाईं पनि व्यस्त भएकी छिन् ।
प्रकाशित :चैत्र १७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्