क्लाउड नाइनमा लाइभ म्युजिकको रमाइलो

- साप्ताहिक संवाददाता

चैत्र १६, २०७४

एड्रियन प्रधान

आज शुक्रबार गायक एड्रियन प्रधानले क्लब डेजाभुमा प्रस्तुति दिँदैछन् । यो लाइभ कन्सर्टमा अन्य कलाकारहरूले प्रधानलाई साथ दिने बताइएको छ ।

स्थान : क्लब डेजाभु,दरबारमार्ग

समय : ७:३० बजे

 

क्लाउड नाइनमा

लाइभ म्युजिकको रमाइलो

छैठौँ  तलामा बसेर पोखरा वरिपरिका डाँडाकाँडा हेर्दै रमाउने अवसर क्लाउड नाइन रेस्टुराँ एन्ड बारले जुराएको छ । चिप्लेढुङ्गास्थित सेलवेज टावरमा रहेको यो रेस्टुराँमा हरेक शुक्रबार र शनिबार स्थानीय ब्यान्डहरूले वातावरण तताउँछन् । ती ब्यान्डले नेपाली, हिन्दी तथा अंग्रेजी गीत सुनाउँदै ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्छन् ।

स्थान : सेलवेज टावर, चिप्लेढुङ्गा, पोखरा

परिकार : चाइनिज, कन्टिनेन्टल, जापानीज, थाई, अर्गानिक कफी, हुक्का, सिसाका साथै विभिन्न ब्राण्डका मदिरा ।

 

प्रकाशित :चैत्र १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्