सुश्री सम्पत्तिको छायाकंन सकियो
चैत्र १५, २०७४
सुव्रत आचार्यले निर्देशन गरेको चलचित्र ‘सुश्री सम्पत्ति’को छायांकन सकिएको छ । तीस दिने टाक्स लिएर पोखरा पुगेको सुश्री सम्पत्ति टिमले निर्धारित समयमा नै आफ्नो टाक्स पुरा गरेको हो । एउटा गीत बाहेक चलचित्रको सम्पूर्ण छायांकन पोखरा आसपासका क्षेत्रमा गरिएको छ । एउटा गीतको छायांकन भने काठमाण्डौंमा गरिने निर्देशक आचार्यले बताएका छन् । ‘विषयवस्तुको मिश्रण रहने चलचित्रबाट दर्शकले भरपुर मनोरञ्जन गर्न पाउछन्’ यसअघि अर्धकट्टी चलचित्र निर्देशन गरिसकेका निर्देशक आचार्यले भने ।
चलचित्रमा दुईजना युवकको कथा छ । उनीहरुको जीवनमा आउने विभिन्न आरोह अवरोहलाई चलचित्र मार्फत देखाउन खोजिएको छ । अभिनेत्री सारा शिर्पाली चलचित्रको शिर्ष भूमिकामा देखिनेछिन् ।
आगामी भदौ महिनामा रिलिज गर्ने तयारी सहित छायांकन सकाएको यो चलचित्रमा सलोन बस्नेत, सारा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विशराद बस्नेत, सुनिता श्रेष्ठ, प्रेमवर्षा खड्का, रोसनी कार्की, कमल प्यासी देवकोटा, राज न्यौपाने, सन्तोष खनाल लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । साथमा अभिनेत्री प्रियंका कार्की पनि विशेष भूमिकामा देखा पर्ने छिन् ।
राउल इन्टरटेनमेन्टको ब्यानरमा रमेश त्वयनाले निर्माण गरेको यो चलचित्र सामाजिक हाँस्यप्रधान चलचित्रको कथा निर्देशक आचार्यले नै लेखेका हुन् । अभिमन्यु निरवीको पटकथा रहेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका छन् । सुरेश अधिकारीको संगीत रहने चलचित्रको निर्मातामा रमेश त्वयन, विज्ञान राई, नुनम सुब्बा, रोमन सिलाकार रहेका छन् ।
प्रकाशित :चैत्र १५, २०७४


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्