इच्छा बदलियो

- एजेन्सी

चैत्र १५, २०७४

युरोपका विभिन्न सहरमा सञ्चालनमा रहेका यौनशालामा यौन खेलौनाले व्यापक रूपमा प्रवेश पाउन थालेपछि सजिव यौनकर्मीहरूको पेसा संकटमा परेको छ । यस्ता यौन खेलौनाले गर्दा अहिले युरोपेलीहरूको यौन रुचिमा समेत परिवर्तन देखा पर्न थालेको छ । स्पेनको बार्सिलोनामा हालसालै सञ्चालनमा आएको यौन पुलतीको यौनशाला लुमिडल महिला ग्राहकहरूप्रति लक्षित छ । 

केन नामको पुरुष पुतली राखेर महिला ग्राहकलाई अकर्षित गरिरहेको उक्त यौनशालामा अहिले अपेक्षाविपरीत पुरुष ग्राहकहरूको भीड लाग्न थालेको छ । युरोपका पुरुषहरूमा समलिंगी यौनसम्बन्ध राख्ने चाहना तीव्र रूपमा बढिरहेको छ तर उनीहरू विभिन्न कारणले सजीव पुरुषसँग त्यस्तो सम्बन्ध राख्दा बेइज्जत होला कि भन्ने शंका पनि गर्छन् । 

यस्तो अवस्थामा उनीहरू आकर्षक पुरुषका रूपमा निर्माण गरिएको केन डलसँग सम्बन्ध राखेर समलिंगी यौनसम्बन्धको स्वाद लिन चाहन्छन्, जसका कारण महिलालाई लक्षित गरिएको यौनशालामा पुरुष ग्राहकहरूको भीड देखा परेको हो ।

प्रकाशित :चैत्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्