बास्टिन र एनालाई पुत्र लाभ

- साप्ताहिक संवाददाता

चैत्र १५, २०७४

पछिल्लो विश्वकप फुटबल जित्ने जर्मनी टिमका सदस्य बास्टिन स्वेसटाइगर तथा टेनिस खेलाडी एना इभानोभिचलाई पहिलो पुत्र लाभ भएको छ । म्यानचेस्टरका पूर्व फुटबलर बास्टिन र एनाले पहिलो सन्तान जन्मिएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए । 

त्यस क्रममा उनीहरूले शिशुको पैतालामा आफ्ना हात राखेर ‘विश्वमा तिमिलाई स्वागत छ मेरो सानो केटो’  लेखेर पोष्ट गरेका थिए । बास्टिन दम्पतीले गत नोभेम्बर महिनामा एडिडासका दुई जोर ठुलो जुत्तामा एउटा सानो जुत्ता थपेर नयाँ सदस्यको स्वागतको तयारी भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पनि निकै चर्चित भएको थियो । 

हाल शिकागो फायर क्लबसँग आबद्ध बास्टिन ३३ वर्षका भए, उनलाई उमेर बढी भएका कारण राष्ट्रिय टिममा राख्ने कि नराख्ने भन्ने द्विविधा कायमै छ । यदि बास्टिनलाई टिममा सामेल गरिएन भने यसपटकको विश्वकप फुटबलका क्रममा उनी आफ्नै नवजात शिशुसँग रमाइरहेका हुनेछन् ।

प्रकाशित :चैत्र १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्