हराउने धोको पलायो

- साप्ताहिक संवाददाता

चैत्र १४, २०७४

गत वर्ष फ्लोइड मेवेदर र कोर्नर म्याक ग्रेगरबीच व्यवसायिक बक्सिङका लागि भएको भिडन्त चर्चाको शिखरमा पुग्यो । पुरस्कार राशि र खेलाडीहरूको प्रसिद्धिका कारण उक्त भिडन्त  निकै चर्चित थियो । 

अनलिमिटेड फाइट क्लब (युएफसी) का खेलाडी कोर्नर र तीनवटा बक्सिङको विजेता मेवेदर बीच भएको भिडन्तमा कोर्नर पराजित भए । ओक्टागोनभित्र रहेर एमएमए शैलीको बक्सिङ खेल्ने कोर्नरले नियमलाई पछ्याउन नसक्दा धेरै फल खेलेर अंकसमेत गुमाएका थिए । 

उक्त भिडन्तमा मेवेदरले नकआउटका आधारमा जित हात पारे पनि उनको धोको कोर्नरलाई उनको पूर्व खेल एमएमएमा गएर हराउनु नै थियो । कोर्नरलाई उनकै खेलमा हराएर देखाउने इख राखेर मेवेदरले अहिले यो खेल खेल्न पाउने लाइसेन्स लिने योजना बनाएका छन् । लाइसेन्स आएपछि केही महिनाको तयारी गरेर कोर्नरसँगै  भिड्ने उनको सुर छ ।

प्रकाशित :चैत्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्