यस्ती पो शिक्षिका

- एजेन्सी

चैत्र १४, २०७४

लन्डनको ब्रेन्टस्थित एल्पर्टन कम्युनिटी स्कुलकी एक शिक्षिकालाई भार्की फाउन्डेसनले यो वर्षको उत्कृष्ट शिक्षिकाका रूपमा पुरस्कृत गरेको छ । ३९ वर्षीया एन्ड्रिया जाफिराकोले आफ्ना विद्यार्थीहरूलाई उनीहरूकै मातृभाषामा पढाउँदा सजिलै सिक्न र बुझ्न सक्छन् भनेर ३५ वटा भाषा सिकेकी थिइन् । हजारौं शिक्षक–शिक्षिकाबीच भएको यो प्रतिस्पर्धामा अतुलनिय योगदान दिने शिक्षक/शिक्षिकाहरूलाई सम्मानित गरिन्छ । 

यो पुरस्कारका लागि यसपटक ३० हजार शिक्षक/शिक्षिकाले आवेदन दिएका थिए जसमा एन्ड्रियाले १० लाख अमेरिकी डलरले पुरस्कार प्राप्त गरेकी हुन् । यो प्रतियोगितामा नेपालका शिक्षक विनोद शाही ४० औं स्थानमा पर्न सफल भए । माथिल्लो डोल्पामा कार्यरत शिक्षक शाहीले स्थानीय बालबालिकालाई पढाउन सजिलो होस् भनेर खाम तिब्बतीय भाषाको अध्ययन गरेका थिए । खाम भाषामा पढाउँदा विद्यार्थीहरूले सजिलै सिक्ने र बुझ्ने शिक्षक शाही बताउँछन् । 

प्रकाशित :चैत्र १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्