घोषणा मै त हो

- साप्ताहिक संवाददाता

चैत्र ११, २०७४

अभिनेत्री रेखा थापाले पछिल्ला केही वर्षयता अभिनय गरेका कुनै पनि चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेका छैनन् । तथास्तु, पलाँस, डायरी, रुद्रप्रिया जस्ता चलचित्रको असफलताले उनको अभिनय करियरको पारो कसरी घटिरहेको छ भन्नेतर्फ इंगित गर्छ ।

आफ्नो चलचित्रमा अभिनेतालाई समेत पछि पार्ने खुबी भएकी यी अभिनेत्री अचेल अभिनयमा जम्न सकिरहेकी छैनन् । राजनीतिमा समेत खासै जम्न नसकेकी रेखाले अहिले आएर पुन: अर्को एउटा चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिन् । आगामी तिहारमा प्रदर्शनमा आउने चलचित्र ‘लाल मस्तिष्क’ मा आफैंले मुख्य भूमिका निर्वाह गर्ने उनले बताएकी छिन् ।

अभिनेताको टुंगो नलागेको उक्त चलचित्रको निर्देशन गर्ने जिम्मा सम्झना उप्रेती रौनियारले लिएकी छिन् । त्यसो त यसअघि रेखाले रत्ना, कसले चोर्‍यो मेरो मन, कसो कसो माया बस्यो जस्ता चलचित्र निर्माण तथा अभिनय गर्ने घोषणा गरेकी थिइन् । यद्यपि ती कुनै पनि चलचित्रको काम प्रारम्भ भएको छैन । रेखाले हालै घोषणा गरेको लाल मस्तिष्क पनि घोषणामै सिमित हुने हो कि पर्दासम्म आइपुग्ने हो, यसै भन्न सकिँदैन । 

 

प्रकाशित :चैत्र ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्